
काठमाडौं । युरोपा लिग फुटबल अन्तर्गत समूह चरणको पहिलो खेलमा म्यानचेस्टर युनाईटेड स्पेनिस क्लब रियल सोसिडाडसँग पराजित भएको छ ।
बिहीबार राति भएको खेलमा युनाईटेड घरेलु मैदानमा सोसिडाडसँग १–० ले पराजित भएको हो ।
सोसिडाडको जितमा ब्रेस मेन्डेजले ५९ औं मिनेटमा पेनाल्टीमार्फत गरेको गोल निर्णायक बन्यो ।
जितसँगै समूह ई को सोसिडाडले ३ अंक जोडेको छ । युनाईटेडले हारबाट प्रतियोगिताको सुरुवात गरेको छ ।
यहि समूह ‘ई’ को अर्को खेलमा एफसी सेरिफले ओमोनिया निकोसियालाई ३–० ले पराजित गरेको छ ।
प्रतिक्रिया दिनुहोस्