
ओखलढुंगा । ६ सय ३५ मेगावाट क्षमताको दूधकोशी जलाशययुक्त जलविद्युत आयोजनाका लागि खोटाङ, ओखलढुंगा र सोलुखुम्बुमा जग्गा अधिग्रहणको काम थालिएको छ ।
आयोजनाले ओगट्ने क्षेत्रमा पर्ने खोटाङको ५ हजार ८ सय ६० कित्ता र ओखलढुंगाको १ हजार ९ सय ७१ कित्ता जग्गा रोका गरेर मुआब्जाको काम अगाडि बढाइएको हाे । त्यस्तै सोलुखुम्बुमा जग्गा रोकाको तयारी समेत भइरहेको छ ।
तीनै जिल्लामा जग्गा प्राप्ति र मुआब्जाका लागि समिति गठन गरेर समितिले काम थालेको नेपाल विद्युत प्राधिकरणका सहायक निर्देशक बासु कलौनीलेलाई बताउनुभयो। ओखलढुंगाको चिसंखुगढी तथा खोटाङको रावाबेंसी गाउँपालिकाको सीमानामा रहेको रबुवाघाटस्थित दूधकोशी नदीमा २ सय २० मिटर अग्लो बाँध-बाँधेर राष्ट्रिय गौरवको यो आयोजनाको जलाशय निर्माण हुँदैछ ।
१३ किलोमिटर लामो सुरुङमार्ग मार्फत खोटाङको धितुङमा पानी खसालेर विद्युत् उत्पादन गर्ने योजना रहेकाे छ । सन् २०२३ को पहिलो चौमासिकबाट थाल्ने लक्ष्य राखिएको साेही आयोजना करिब २ सय २० अर्ब लागतमा निर्माण हुँदैछ ।
प्रतिक्रिया दिनुहोस्