
सोलुखुम्बु । सोलुखुम्बुको महाकुलुङ गाउँपालिका- १ मा भीरबाट लडेर एक जना महिलाको मृत्यु भएको छ ।
घाँस काट्ने क्रममा भीरबाट लडेर स्थानीय ४३ वर्षीया शान्ति कुलुङको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी नायव उपरीक्षक सुनिलजंग शाहले जानकारी दिनुभयो ।
जङ्गलमा घाँस काट्न भनेर हिडेकी कुलुङ अबेरसम्म पनि घर नफर्किएपछि आफन्तहरुले खोज्ने क्रममा महाकुलुङ-१ कै वालिखा जङ्गलको भीरबाट लडेर मृत्यु भएको अवस्थामा शव भेटिएकाे उहाँले बताउनुभएकाे हाे ।
शव भीरबाट करिब १ सय ५० मिटर तल खोँचमा भेटिएको जिल्ला प्रहरी कार्यलय सोलुखुम्बुले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्