१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


सरकारी वकिल कार्यालयबाट कैदीबन्दी फरार


1.534k
Shares

काठमाडौं । म्याद थपका लागि सरकारी वकिल कार्यालयबाट जिल्ला अदालत लैजाने तयारी रहेका अवस्थामा एक जना कैदीबन्दी बिहीबार वकिल कार्यालयबाट भागेका छन् ।

सुन चोरीको आरोपमा पक्राउ परेका घोराही उपमहानगरपालिका-१७ का २२ वर्षीय लक्ष्मण विश्वकर्मा शौचालय जाने निहुँमा बिहीबार भागेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी नायब उपरीक्षक राजनकुमार गौतमले जानकारी दिनुभयो ।

उहाँले सरकारी वकिल कार्यालयको दोस्रो तल्लाबाट हामफालेर बन्दी भागेको जानकारी दिनुभयो । शौचालय गएका विश्वकर्मा धेरै समयसम्म पनि बाहिर नआएपछि ढोका फोरेर हेर्दा फेला नपरेको उहाँले बताउनुभयो ।

म्याद थपका लागि अदालत लैजान कागजपत्र तयार गर्दै गर्दा सरकारी वकिल कार्यालयबाट बन्दी भागेको र खोजी भइरहेको प्रनाउ गौतमले बताउनुभयो । विश्वकर्मालाई यही यही भदौ २२ मा प्रहरीले पक्राउ गरेको थियो ।