२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


सिक्किममा इन्द्रजात्रा र कुमारीको रथ यात्रा मनाइए


910
Shares

काठमाडौं । भारतको सिक्किम राज्यमा पनि बिहीबार इन्द्रजात्रा र कुमारीको रथ यात्रा मनाइएका छन् ।

सिक्किमको गान्तोक भानु चोकबाट कुमारी रथयात्रा, लाखे र पुलुकिसि नाच निकालेर नगर परित्रमा गराइएको थियो । कुमारी रथ भित्र भने नेपालका जीवितदेवी कुमारीको फोटो राखेर विधिवत् पुजा गरिएको थियो । रथ यात्रा सिक्किमको तिब्बेत रोड, एमजी रोड, हस्पिटल डाँडा हुँदै मनन भवनमा गएर सम्पन्न भएको थियो ।

सिक्किम नेवाः गुथीले गरेको जात्रामा सिक्किमका मुख्यमन्त्री सहित भारतको केन्द्रीय सरकारका प्रतिनिधि सहभागी थिए । गुथीले करिव १२ वर्ष देखि गर्दै आएको जात्राको दिन सिक्किममा सार्वजनिक विदा पनि दिने गरिन्छ ।

जात्राका लागि नेपालबाट नेवाः देय् दबुका प्रतिनिधि गएका थिए भने भारतका मणिपुर, मेघालय, आसाम, दार्जिलिङ र कालिम्पोङका नेपालभाषीको सहभागिता थियो ।

तस्बिर : राजकुमार प्रधान