२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


गरीब तथा विपन्न परिवारलाई कम्बल वितरण


338
Shares

अर्घाखाँची । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ९ का गरीब तथा विपन्न परिवारलाई कम्बल विवरण गरिएको छ । द रेन्बो युथ क्लबको आयोजना र सहारा शान्ति सामुदायिक विकास क्लबको सहयोगमा ५० वटा कम्बल वितरण गरिएको हो ।

जाडो सुरुभएकाले विपन्न परिवारमा केही भएपनि राहत पुग्ने उदेश्यका साथ वितरण गरिएको सहारा शान्ति सामुदायिक विकास क्लबका अध्यक्ष भरमणी भट्टराई जानकारी दिनुभयो ।

उक्त कार्यक्रममा सहभागी उप सभामुख पुष्पा भुसालले क्लबले सामाजिक काममा देखाएको योगदान निकै प्रतिफलयोग्य रहेको भन्दै धन्यवाद समेत दिनुभएको थियो ।