
फाइल तस्बिर
काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष विष्णु पौडेलले रुपन्देही विकासमा निकै अगाडि रहेको बताउनुभएको छ ।
बुटवलको कालिका मानवज्ञान माविमा शुक्रबार आयोजित कानुन विद्यार्थी समाजको पद हस्तान्तरण कार्यक्रममा उहाँले भौतिक र पूर्वाधार विकासका हिसाबले रुपन्देही नमूना बनेको उल्लेख गर्नुभयो ।
अरुले कल्पना नगरेको विकासको सुरुआत भएको दाबी गर्दै मुलुकको शैक्षिक केन्द्रका रुपमा रुपमा समेत रुपन्देहीलाई अगाडि बढाउने गरी काम भइरहेको उहाँले बताउनुभयो ।
शैक्षिक विकासमा कालिका मानवज्ञानको योगदान उच्च रहेको जनाउँदै उहाँले यसले मुलुकमै उत्कृष्ट पहिचान बनाउन सफल भएको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्