
फाइल तस्बिर
काठमाडौं । प्रशासनिक रूपान्तरण नभएकाले आफूले चाहेका काम गर्न नसकेको महसुस भएको सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले बताउनुभएको छ ।
कैलालीको टीकापुरमा सुरु भएको नेपाल जेसिजको एरिया ‘घ’ सम्मेलन उद्घाटन गर्दै मुख्यमन्त्री भट्टले जनप्रतिनिधिका योजना राम्रा भए पनि धरातलीय यथार्थ भन्दा फरक भएका र प्रशासनिक रूपान्तरण नभएकाले चाहेजस्तो काम गर्न नसकिएको महसुस भएको बताउनुभयो ।
नेपालमा राजनीतिक परिवर्तनसँगै गरिएका अपेक्षा पुरानै प्रशासनिक संरचनाका कारण सम्भव नभएको उहाँले बताउनुभयो ।
मुख्यमन्त्री भट्ट सङ्घीयता र सरकारका कामको परिणाम पाँच वर्षमै नआउने बताउनुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्