
फाइल तस्वीर
सिन्धुली । सिन्धुलीको भिमान–चुरे–बर्दिबास सडकबाट लागू औषधसहित दुई जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा महोतरी बर्दिबास नगरपालिका–८ बस्ने तुलबहादुर आले र वडा नम्बर २ बस्ने दीपक महतो रहेको प्रहरीले जनाएको छ ।
विशेष सूचनाका आधारमा उनीहरूलाई खानतलासी गर्दा ठूलो मात्रामा प्रतिबन्धित लागूऔषध फेला पछि पक्राउ गरिएको हो ।
उनीहरूको साथबाट डियाजपान लेखिएको २० एम्पुल, नोफिन लेखिएको २० एम्पुल, प्रोमेथोजाइन हाइड्रोक्लोराइड २० एम्पुल, कोडियन फोस्फेट मिलेट साइरुप लेखिएको १०० एमएलका २ बोतल र नाइट्रोभेट–१० लेखिएको २३ चक्की बरामद गरेको प्रहरीले जनाएको छ ।
आरोपितद्वयलाई जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय बर्दिबासले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्