
सर्लाही । सर्लाहीको हरिवनमा सर्पले डसेर एक जना महिलाको मृत्यु भएको छ ।
शुक्रबार दिउँसो सर्लाहीको हरिवन नगरपालिका-११ हरिवन बस्ने भीमप्रसाद दाहालको घरमा ठेकेदारसँग श्रम गर्न आएकी स्थानीय ३५ वर्षीय श्याम कुमारी महतोलाई सर्पले टोक्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हाे ।
काम गर्ने क्रममा गोमन सर्पले टोकेपछि गम्भीर बिरामी भएकी महतोलाई उपचारको लागि सर्प दंश अस्पताल नवलपुर लगिएको थियाे । तर साेही अस्पतालले थप उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरधाममा रिफर गरेकाे थियो।
सोही अस्पतालमै शुक्रबार राति ११ बजे मृत्यु भएको हो । महताेकाे मृत्यु भइसकेकाले शनिबार बिहान माइती पक्षले शव बुझेका छन् । तर यस विषयमा थप अनुसन्धान भने भइरहेको सर्लाही प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्