
स्याङ्जा । स्याङ्जा र पाल्पाको संगमस्थल राम्दीस्थित कालीगण्डकी नदीमाथि पक्की पुल बन्ने भएको छ ।
सुनौली–पोखरा जोड्ने सिद्धार्थ राजमार्ग अन्तर्गत स्याङ्जा र पाल्पाको सीमामा हाल रहेको पुल जीर्ण भएपछि नयाँ पुल बन्ने भएको हो ।
२०७९ असार ३० गते हिम सगरमाथा कन्स्ट्रक्सनसँग पुल निर्माणका लागि सम्झौता भएको हो । सम्झौता भएको मितिले ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरि २७ करोड ७१ लाख रुपैयाँको लागतमा पुल निर्माण सम्पन्न गर्ने सम्झौता भएको छ ।
पुल १ सय ८ मिटर लम्बाइ र ११ मिटर चौडाइको हुनेछ । दायाँबायाँ झण्डै डेढ मिटरको फुटपाथ रहने पुलको भारवहन क्षमता ४० टनसम्मको रहने छ ।
पुल निर्माणको ठेक्का प्रक्रिया अगाडि बढिसकेको आयोजना प्रमुख एवं सिनियर डिभिजनल इञ्जीनियर नवराज बाँस्तोलाले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्