
सिन्धुली । सिन्धुलीमा कृषकको सुविधाका लागि कृषि एम्बुलेन्सबाट खसी, बोका लगायत कृषि वस्तु ढुवानी गर्न थालिएपछि कृषकहरूलाई सुविधा भएको छ ।
सिन्धुलीको मरिण गाउँपालिकामा सञ्चालित कृषि एम्बुलेन्सले मरिण क्षेत्रमा उत्पादित कृषि वस्तुलाई बजारीकरणका लागि हेफर नेपालको ५० प्रतिशत र ठाकुरेश्वर महिला कृषि सहकारीको ५० प्रतिशत लागतमा सञ्चालित कृषि एम्बुलेन्सलको व्यवस्था गरेपछि निकै सहज भएको हो ।
यसले कृषकहरूलाई खसी, बोका लगायत कृषि वस्तु बजारसम्म पुर्याउन सहज भएको छ ।
प्रतिक्रिया दिनुहोस्