
सुनसरी । कोभिड १९ को सक्रमणका कारण सुनसरीको धरान उपमहानगरपालिका–१२ का ६८ बर्षिय एक पुरुषको मृत्यु भएको छ ।
कोराना भाइरस विरुद्धको दुबै डोज खोप लगाएका उनको उपचारका क्रममा बीपी कोइराला स्वास्थय विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा आईतवार निधन भएको प्रतिष्ठानका प्रवक्ता डा. चुरामणि पोखरेलले जानकारी दिएका छन् ।
कोरोना भाइरसको संक्रमणका कारण सिकिस्त विरामी परेका पुरुषलाई शनिबार उपचारका लागि भर्ना गरिएको थियो । शुक्रबार कोरोना संक्रमण पुष्टि भएका ती पुरुष मुटु मिर्गौला सम्बन्धि दिर्घ रागि भएको डा. पोखरेलले बताए । मृतकको शव व्यबस्थापनको पहल भैरहेको पनि उनले जानकारी दिएका छन् । कोरोना संक्रमितको मृत्यु भएसंगै प्रतिष्ठानको कोभिड अस्पताल खालि भएको छ ।
सुनसरीमा अहिले कोरोना भाईरसका १४ जना संक्रमित रहेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । सुनसरीमा कोरोना भाईरसको संक्रमणका कारण ५ सय ६३ जनाले ज्यान गुमाएको उनले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्