१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


एशिया कप क्रिकेटको उपाधी श्रीलंकालाई


637
Shares

काठमाडौं । पाकिस्तानलाई हराउँदै श्रीलंकाले एशिया कप क्रिकेटको उपाधी जितेको छ ।

युएईको दुबईमा आइतबार राति भएको फाइनलमा पाकिस्तानलाई २३ रनले हराउँदै श्रीलंका च्याम्पियन बनेको हो । दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ७० रन बनाएकाे छ । उसका लागि भानुका राजपाक्षेले अबिजित ७१ रनको योगदान दिएका हुन् ।

पाकिस्तानका हरिस राउफले ३ विकेट लिएका छन् । जवाफमा १ सय ७१ रनको लक्ष्य पछ्याएको पाकिस्तानले २० ओभरमा अलआउट हुँदै १ सय ४७ रन मात्र बनाउन सकेकाे थियाे । पाकिस्तानका लागि मोहमद रिजवानले ५५ रन जोडेपनि टोलीलाई जिताउन सकेनन् ।

श्रीलंकाका प्रमोद मधुसनले ४ तथा वानिन्दु हसरंगा डी सिल्भाले ३ विकेट लिएका थिए । जितसँगै छैटौं पटक एशिया कपको उपाधी जितेको श्रीलंका प्रतियोगिताको इतिहासमा दोस्रो सफल टोली बनेको छ । एशिया कप क्रिकेटमा भारतले सर्वाधिक ७ पटक उपाधि जितेको छ ।

यसपटक भने भारत सुपर ४ चरणमा पाकिस्तान र श्रीलंकासँग पराजित हुँदै बाहिरिएको थियो ।