२९ चैत्र २०८१, शुक्रबार | Fri Apr 11 2025


भायानेटले ल्यायो दशैं लक्षित अफर


3.627k
Shares

काठमाडौं । नजिक आउँदै गरेको दशैंलाई लक्षित गरेर भायानेटले आफ्ना ग्राहकलाई थप सुविधा दिने उद्देश्यले आकर्षक अफर ल्याएको छ ।

यो अफर अन्तर्गत अब भायानेटको अल्ट्रा–फाई इन्टरनेट जोड्ने ग्राहकहरूले नोकिया बिकन १.१ मेस राउटर वा एमआई ४ ए डुअल ब्यान्ड राउटर आफ्नो इन्टरनेट सदस्यतामै प्राप्त गर्न सक्नेछन् ।

यो दशैं भायानेटको अल्ट्रा–फाई २०० एमबीपीएस इन्टरनेटको वार्षिक प्लान मात्र ९९९ रुपैयाँ प्रति महिनामा पाउन सकिने कम्पनीले जनाएको छ । यो प्याकेजमा आउने डुअल ब्यान्ड ओएनयु सँगै अब ग्राहकहरूले नोकियाको बिकन १.१ मेस राउटर वा एमआई ४.ए डुअल ब्यान्ड राउटर मध्य एक छानेर राख्न पाउनेछन् ।

यो अतिरिक्त राउटर लिनका लागि ग्राहकले डिपोजिट शुल्क मात्र जम्मा गरे पुग्ने भायानेटले जनाएको छ । ग्राहकले मेस राउटर लिनका लागि ४ हजार रुपैंया र एमआई ४.ए राउटरको लागि १ हजार ५ सय रुपैयाँ डिपोजिट गर्नु पर्नेछ । कम्पनीले आफ्ना ग्राहकहरूलाई सस्तोमा घरभरि वाइफाइको कभरेज बढाउन मद्दत गर्ने उद्देश्यले यो अफर ल्याएको जनाएको छ ।