१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु


897
Shares

काठमाडाैं । बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

बर्दियाको मधुवन नगरपालिका–२, अमरपुरका ६१ वर्षीय झुठारी थारुको मृत्यु भएको हो । आइतबार भैंसी चराउन जङ्गल गएका थारु राति घर नफर्किएपछि खोजी भएकाे थियाे । साेमबार बिहान घर नजिकको कुसमानीया सामुदायिक वनमा उनको शरीरको अंग तथा छाता र चप्पल भेटिएको मधुवन नगरपालिकाले जनाएकाे छ ।

केही महिनाअघि पनि मधुवनमै बाघले मान्छे खाएपछि स्थानीयले आन्दोलन समेत गरेका थिए ।