१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


स्कुलबसका चालक ट्राफिक कारवाहिमा


2.34k
Shares

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मादक पदार्थ सेवन गरेर स्कुल बस चलाउने २ जना चालकलाई सोमबार कारवाही गरेको छ ।

सोमबार बिहान गरिएको चेकजाँचमा मापसे गरेका चालक कारवाहीमा परेका हुन । चेकिङको क्रममा अन्य ट्राफिक नियम उल्लंघन गर्ने ६ जना स्कुल बसका चालक समेत कारबाहीमा परेका छन् ।

मदिरा पिएर स्कुलका सवारी साधन चलाएका चालकलाई नियन्त्रणमा लिएर कारवाहि प्रकृया अगाडि बढाईएको ट्राफिक प्रहरीले जनाएको छ ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले गएको साउन ८ गतेदेखि स्कुल बस चेक जाँच गर्ने अभियान तिव्रता दिदै आएको छ ।