१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


भूकम्पले क्षतिग्रस्त सेतीदेवी माविको नवनिर्मित भवन उद्घाटन


260
Shares

काभ्रे । धुलिखेल नगरपालिका वडा नम्वर २ रविगाउँ स्थित श्री सेतीदेवी माध्यामिक विद्यालयको नवनिर्मित भवन उद्घाटन गरिएको छ ।

२०७२ साल बैशाख १२ गतेको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त विद्यालयको नवनिर्मित भवन धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्याञ्जुले उद्घाटन गर्नुभएको हो । नेपाल सरकार र एसियाली विकास बैंकको अर्थिक सहयोगमा ६ करोड ६ लाख १९ हजार ३ सय २२ रुपैयाँ लागतमा २२ कोठा सहित तीन तल्ले विद्यालय भवन निर्माण भएको छ ।

विद्यालयमा पुस्तकालय, म्युजिक कक्षा, कम्प्युटर ल्याव, विज्ञान प्रयोगशाला र प्राथमिक उपचार कक्ष, बगैंजा तथा व्यवस्थित र आकर्षक कक्षाकोठा छन । यस्तै छात्र, छात्रा, अपांगता भएका व्यक्ति तथा कर्मचारीका लागि छुट्टा छुट्टै शौचालय निर्माण गरिएको छ ।

उक्त विद्यालयमा बाल विकासदेखी कक्षा १२ सम्म अध्यापन भइरहेको प्रधानाध्यापक धनबहादुर विष्टले जानकारी दिनुभयो । विद्यालयमा अहिले ४ सय ११ जना विद्यार्थी छन् । यसअघि विद्यालय भवन नहुँदा विद्यार्थी टहरामा बसेर पढ्न बाध्य थिए ।

कार्यक्रममा बोल्दै नगर प्रमुख ब्याञ्जुले नगरपालिकाले शिक्षालाई प्राथमिकतामा राखेर काम गरिरहेको बताउनुभएको छ ।