
काठमाडौं । लोक दोहोरी गीतका मोडल, निर्देशक, छायांकार तथा सम्पादक दीपसागर डिसीको निधन भएको छ ।
४२ वर्षका डिसीको सोमबार निधन भएको हो । उनको काठमाडौंको भेनस अस्पतालमा निधन भएको हो । मिर्गौला तथा मधुमेहको रोगबाट पीडित डिसीको सोमबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ ।
डिसीको निधनमा कलाकारहरूले सामाजिक सञ्जालमा शोक व्यक्त गरिरहेका छन् । उनले कोरस डान्सरबाट आफ्नो करिअर सुरू गरेका थिए । उनले ‘बेनीको बजार’ बोलको चर्चित गीतमा अभिनय गरेका थिए । साथै उनले थुप्रै लोकदोहोरी गीतमा अभिनय गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्