१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


नेपाल भाषाका महाकवि सिद्धिदासको १५५ औं जन्मजयन्ती


130
Shares

काठमाडौं । नेपाल भाषाको महाकवि सिद्धिदास महाजुको १५५ औं जन्मजयन्ती विभिन्न कार्यक्रम गरि मनाइएको छ ।

सोमबार बिहान भोटाहितिमा रहको महाकविको सालिकमा माल्यापर्ण गरि जन्मजयन्ती मनाइएको थियो ।

लेख्न, बोल्न नपाइने राणाकालिन समयमा मातृभाषाबाट कविता सृजना गरेर साहित्य मार्फत विद्रोह गरेर मातृभाषा साहित्यको उत्थानमा महाकवि सिद्धिदासले ठुलो योगदान गर्नुभएको थियो ।

त्यस्तै, जनबहाल दबलीमा रहको उहाँको सालिकमा समेत सम्मान प्रकट गरेको थियो । सो अवसरमा नेपाल भाषाका चार खम्बा मानिएका साहित्यकार र भाषासेवीहरुको सालिकमा समेत सम्मान प्रकट गरिएको थियो ।