६ बैशाख २०८२, शनिबार | Sat Apr 19 2025


विद्युत महसुल नबुझाएपछि लाइन काटियो, खानेपानीको समस्या


2.145k
Shares

अर्घाखाँची । अर्घाखाँचीको छत्रदेव गाउँपालिका वडा नम्बर ७ , ८ र मालारानी गाउँपालिका को वडा नम्बर १ मा चार दिनदेखि पानीको समस्या भएको छ ।

करिव ३ सय घरधुरीले उपभोग गदै आएको मरेङ्ग लिफ्ट बेहोरो खानेपानी आयोजनाको विद्युत महसुल समयमा नबुझाउदा लाइन काटिएकोले पानीको समस्या भएको हो ।

पटक पटक जानकारी गराउदा समेत उपभोक्ता समितिले विद्युत महसुल नबुझाएकाले लाइन काटिएको नेपाल विद्युत प्राधिकरण अर्घाखाँची वितरण केन्द्रका प्रमुख रमेश बन्जाडे जानकारी दिनुभयो ।