
काठमाडौं । नेपालमा तरकारी तथा फलफूल उत्पादन सम्बन्धी दक्षिण एशियाली गोष्ठी सुरु भएको छ ।
युएसएडको फीड द फ्युचर अन्तर्गत् काठमाडौंमा बागवानी नवप्रवर्तन प्रयोगशाला श्रेत्रीय सम्मेलन आयोजना भएको हो ।
विभिन्न मुलुकका यस क्षेत्रका विज्ञ सम्मिलित सम्मेलनमा सहभागी विज्ञ मिचिगन युनिभर्सिटीका प्राध्यापक नन्द जोशीले नेपालमा विश्वस्तरको ल्याव स्थापना गर्ने उद्देश्यले महत्वपूर्ण गोष्ठी आयोजना भएको बताउनुभयो ।
दक्षिण एशियाली क्षेत्रमा बागबानी विकासको वर्तमान अवस्थाबारे विशेष कार्यपत्र प्रस्तुत गर्नुभएका प्राध्यापक डा.अर्जुनले यस क्षेत्रको समस्या बुझेर सम्बोधन गर्ने प्रयास स्वरुप नेपालमा यस्तो सम्मेलन आयोजना गरिएको जानकारी गराउनुभयो ।
तीनदिन सम्म चल्ने सम्मेलनमा दक्षिण एशियाली क्षेत्रकै कृषि तथा फलफूलको उत्पादन बृद्धि तथा विकासका लागि बागबानी ल्याब स्थापना गर्न सम्मेलन आयोजना गरिएको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्