१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तामाङ र नेपाल भाषालाई कामकाजको भाषा बनाउने बागमती सरकारको निर्णय


299
Shares

काठमाडौं । बागमती प्रदेश सरकारले तामाङ र नेपाल भाषालाई प्रदेशको कामकाजको भाषा बनाउने निर्णय गरेको छ ।

यसको प्रक्रियाका लागि प्रमुख सचिवलाई समन्वय गर्ने जिम्मेवारी दिइएको प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णप्रसाद शर्मा खनालले बताउनुभएकाे हाे । अघिल्लो आर्थिक वर्षमा विनियोजित तर भुक्तानी दिन रोकिएको डेढ अर्ब रुपैयाँ भुक्तानी दिने प्रक्रिया मिलाउने निर्णय पनि बैठकले गरेको छ ।

त्यस्तै प्रदेश औद्योगिक व्यवसाय नियमावली २०७९ स्वीकृत गर्ने, प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश २०७९ जारी गर्ने र हेटौंडा अस्पताललाई मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको शैक्षिक अस्पतालको रुपमा स्थापना गर्ने पनि निर्णय भएको मन्त्री खनालकाे भनाइ छ ।