१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


दक्षिण भारतीय फिल्ममा खलनायकको भूमिकाको लागि सञ्जय दत्तले लिए ठूलो पारिश्रमिक


81.991k
Shares

एजेन्सी । दक्षिण भारतीय फिल्म निर्देशक लोकेश कनागराज आफ्नो आगामी फिल्मको तयारीमा व्यस्त छन् ।

केही समयअघि यो फिल्ममा दक्षिण भारतीय अभिनेता थालापथी विजय मुख्य भूमिकामा देखिने खबर आएको थियो । यसैबीच निर्देशक लोकेशले बलिउड अभिनेता सञ्जय दत्तलाई पनि आफ्नो यस फिल्ममा लिएको खबर बाहिरिएको छ। तर, फिल्मको नाम भने अझै खुलाइएको छैन ।

भारतीय सञ्चार माध्यमका अनुसार सञ्जय यस फिल्ममा खलनायकको अवतारमा देखिनेछन् । फिल्म एक्शन थ्रिलर विषयवस्तुमा आधारित छ । यही कारण फिल्ममा खलनायकको भूमिकामा सञ्जयलाई लिइएको हो । लोकेश केही समयदेखि सञ्जयसँग यस भूमिकाका बारेमा कुराकानी गरिरहेका थिए । अन्तत १० करोड भारतीय रुपैयाँ पारिश्रमिक लिएर सञ्जय दत्तले यो फिल्ममा काम गर्ने भएका छन् । यस फिल्ममा विजय र सञ्जयलाई सँगै देख्नु निकै रोचक हुनेछ ।

फिल्मको सुटिङ यसै वर्षको अक्टोबर वा नोभेम्बरमा सुरु हुनेछ भने फिल्म आगामी वर्ष नोभेम्बरमा रिलिज हुनेछ ।