१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


महाअभियोग सिफारिस समितिको प्रवक्तामा लक्ष्मीप्रसाद गौतम


351
Shares

काठमाडौं । प्रतिनिधिसभा अन्तरगतको महाअभियोग सिफारिस समितिको प्रवक्ताको जिम्मेवारी लक्ष्मीप्रसाद गौतमलाई दिइएको छ ।

निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरामाथि लगाइएको महाअभियोग छानवीन गर्न गठित सो समितिको मंगलबार सिंहदरवारमा बसेको बैठकले गौतमलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको हो ।

समितिको कामकारबाहीबारे भ्रमपूर्ण सूचना जनतामा नजाओस् भनेर समितिका सचिव गौतमलाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरिएको समितिका सदस्य एवम् कांग्रेस नेता मिनबहादुर विश्वकर्माले जानकारी दिनुभयो । सबै राजनीतिक दलका प्रतिनिधिहरु भएकाले हुनाले गौतमलाई प्रवक्ता तोक्ने काममा कुनै विवाद समितिमा नभएको पनि उहाँले स्पष्ट पार्नुभयो ।

बैठकमा समितिको सूचना गलत ढंगले बाहिर गएको भन्दै प्रमुख प्रतिपक्ष एमालेले आपत्ति जनाएको थियो ।