
काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्ना क्रेडिटकार्ड प्रयोगकर्तालाई ईएमआई सुविधामा टीभी तथा इन्टरनेट प्याकेज उपलब्ध गराउन सम्झौता गरेको छ ।
माछापुच्छ्रे बैंक, एनआईटीभी स्ट्रिम्ज प्रालि र वर्डलिङ्क कम्युनिकेसन लिमिटेडबीच मंगलबार त्रिपक्षीय सम्झौता भएको हो ।
सम्झौतापत्रमा स्ट्रिम्ज प्रालीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत निरन राजभण्डारी वर्ल्ड लिङ्कका तर्फबाट केशव नेपाल र माछापुच्छ्रे बैंकको तर्फबाट नायव महाप्रबन्धक प्रसिद्धराज अर्यालले हस्ताक्षर गर्नुभएको हो ।
सम्झौता बमोजिम यस बैंकका क्रेडिटकार्ड प्रयोगकर्ताले बैंकको ‘इन्टापे’ सुविधा मार्फत टीभी तथा इन्टरनेट सम्बन्धी विभिन्न कम्बो प्याकेज ईएमईमा लिन सकिने व्यवस्था गरिएको बताइएको छ ।
आगामी दशैं, तिहार एवं छठ पर्वलाई लक्षित गरी ग्राहकले करिब यी माथिका कम्पनीहरूले सञ्चालन गर्ने फेस्टिवल अफरमा ५६ प्रतिशतसम्मको छुट पाउन सक्नेछन् ।
बैंकका ग्राहकले उक्त सुविधा बैंकको क्रेडिट कार्ड तथा इस्टापेबाट उपभोग गर्न सक्ने छन् । बैंकको क्रेडिट कार्ड नभएका ग्राहकहरूले अनलाइनमार्फत कार्डका लागि आवेदन दिन सक्ने छन् ।
प्रतिक्रिया दिनुहोस्