१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


केन्याका राष्ट्रपतिको सपथमा भागदौड, एकभन्दा बढी घाइते


507
Shares

एजेन्सी । केन्याका नवनिर्वाचित राष्ट्रपति विलियम रुटोको सपथ ग्रहण समारोहमा सहभागी हुन पुगेका सर्वसाधारणबीच ठेलमठेल हुँदा सयभन्दा बढी व्यक्ति घाइते भएका छन् ।

केन्याको नैरोबीस्थित कासरानी रंगशालामा आयोजना गरिएको सपथ समारोहमा एकै चोटी प्रवेश गर्न खोजेका सर्वसाधारणको भीडमा किचिँदा उनीहरु घाइते भएका हुन् ।

समारोहमा सहभागी रुटोको समर्थकहरुले आफनो पार्टीको पंहेलो र हरियो रंगको कपडा लगाई रुटोका समर्थनमा नारा लगाएका थिए । साथै उनीहरुले देशको राष्ट्रिय झण्डा फहराउँदै ब्याण्डबाजा बजाउँदा रंगशालाको माहौल निकै आकर्षक बनेको थियो । रुटोका समर्थकहरुको भीड नियन्त्रण गर्न सुरक्षाकर्मीलाई हम्मे हम्मे परेको थियो ।

केन्यामा गत अगष्टमा सम्पन्न चुनावमा रुटोले आफना प्रतिद्धन्द्धी रैला ओडिङगालाई झिनो अन्तरले पराजित गरी केन्याको राष्ट्रपति बन्नु भएको थियो । राष्ट्रपति नियुक्त भएको पाँच सातापछी मात्रै शपथ ग्रहण कार्यक्रमको आयोजना गरिएको हो ।

शपथ ग्रहणकै क्रममा राष्ट्रपति रुटोले देशबासीका नामामा सम्बोधन गर्दै देशबासीको भलाइका लागि जस्तोसुकै कदम चाल्न आफु तयार रहेको बताउनुभएको थियो । यतिखेर केन्यामा खाद्यान्न र इन्धनको मूल्यबृद्धि, उच्च बेरोजगारी, बढ्दो सार्वजनिक ऋण लगायत चुनौती विद्यमान रहेका छन् ।