१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


ओखलढुङ्गामा आत्महत्या दर बढ्यो


195
Shares

ओखलढुंगा । ओखलढुङ्गामा आत्महत्या गर्ने दर बढ्दै गएको छ ।

जिल्लामा पछिल्ला तीन आर्थिक वर्षमा मात्रै १ सय ७२ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाले जनाएको छ ।

कार्यालयको तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/७७ मा ५८ जनाले आत्महत्या गरेका थिए । २०७७/७८ मा ६१ जना र २०७८/७९ मा ५३ जनाले आत्महत्या गरेको प्रहरी तथ्यांक छ ।

यस्तै, चालु आर्थिक वर्षको डेढ महिनामा ५ जनाले आत्महत्या गरेका छन् । आत्महत्या गर्नेमध्ये झुण्डिएर आत्महत्या गर्नेको संख्या अत्यधिक रहेको कार्यालयले जनाएको छ ।