
सिन्धुली । सिन्धुलीको दुधौली नगरपालिकाको आन्तरिक राजस्व लक्ष्य भन्दा ९३ प्रतिशत कम रकम संकलन भएको छ ।
दुधौली नगरपालिकाले गत आर्थिक वर्ष २०७८/०७९ मा १३ करोड १८ लाख २२ हजार ९ सय २५ रुपैयाँ आन्तरिक राजस्व संकलन गर्ने लक्ष्य लिएको थियाे । तर लक्ष्यको ७ प्रतिशत अर्थात १ करोड २८ लाख ८९ हजार ९ सय २८ रुपैयाँ राजस्व संकलन भएको छ । दुधौली नगरपालिकाले सबै भन्दा बढी सिफारिस दस्तुरबाट बढी राजस्व संकलन गरेको छ । सिफारिस दस्तुरबाट ३० लाख ११ हजार ८ सय ६० रुपैया २० पैसा राजस्व संकलन गरेको हो ।
नगरपालिकाले सिफारिस दस्तुरबाट ५० लाख राजस्व संकलन गरिने लक्ष्य लिएको थियो । संस्थागत सम्पत्तिमा लाग्ने वार्षिक कर ११ हजार १ रुपैयाँ, सम्पत्ति कर ९ लाख ५४ हजार ५ सय ९२ रुपैयाँ ८७ पैसा, भूमिकर-मालपोतबाट २२ लाख ३८ हजार ४८ रुपैयाँ ९५ पैसा र घरबहाल कर ६ लाख २१ हजार १ सय ५२ रुपैयाँ ७३ पैसा राजस्व संकलन भएको नगरपालिकाको आर्थिक प्रशसन शाखाले जनाएको छ ।
सोही नगरपालिकाले बहाल बिरौटी कर १ लाख ७६ हजार ४ सय ६५ रुपैयाँ, व्यवसाय रजिष्ट्रेसन दस्तुर ११ लाख ७७ हजार ९ सय ६६, विद्युतीय सेवा शुल्क बापत ४ हजार ६ सय २, अन्य सेवा शुल्क बापत १४ लाख ७७ हजार ९ सय ६६, न्यायिक दस्तुर बापत् १ हजार ३ सय १५ र अन्य प्रशासनिक सेवा शुल्क बापत ५७ हजार ४ सय ५० राजस्व संकलन भएको छ ।
नगरपालिकाले नक्सापास दस्तुर ८ लाख ९८ हजार ८ सय ३९, व्यक्तिगत घटना दर्ता दस्तुर बापत ९ लाख ७० हजार ९ सय ९०, नाता प्रमाणित दस्तुर बापत २ लाख ८३ हजार २ सय ९८, अन्य दस्तुर बापत १० लाख २५ हजार १ सय ५१, प्रशासनिक दण्ड जरिवाना र जफतबाट २ हजार ४ सय राजस्व संकलन गरेको नगरपालिकाले जानकारी दिएको छ ।
गत आर्थिक वर्ष २०७८/०७९ मा सबै भन्दा बढी सवारी साधन कर संकलन गर्ने लक्ष्य लिएको थियो । सवारी साधन कर साना सवारी ४ करोड १७ लाख संकलन गर्ने लक्ष्य नगरपालिकाले लिएको छ । त्यस्तै व्यवसायिक कर २ करोड संकलन गर्ने लक्ष्य लिएको नगरपालिकाले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्