
सिन्धुली । सिन्धुलीको महाभारत क्षेत्रमा उत्पादन भएको नास्पाती यस वर्ष महँगो मूल्यमा बिक्री वितरण हुँदा किसान खुशी भएका छन् ।
साउन र भदौमा पाक्ने नास्पातीले विगतका वर्षहरुको तुलनामा यस वर्ष भने अधिक मूल्य पाएको किसानहरुले बताएका हुन् ।बजारको अभावले विगतका वर्षमा बगैंचामा कुहिएर जाने नास्पातीले यो वर्ष भने राम्रो मूल्य पाएको हो ।
भदौ लाग्ने बित्तिकै नास्पाती खोज्दै ब्यापारीहरु गाउँगाउँमा पुगेको जलकन्या चपौलिका स्थानीय राम गौतमले बताउनुभयो । किसानहरुले यस वर्ष एकमुष्ट आम्दानी लिन पाएका छन् ।
सिन्धुलीमा तीनकन्या, जलकन्या, बासेश्वर, मझुवा, रत्नचुरा, तोश्रामखोला र बाहुन्तिल्पुङ् लगायत डेढ दर्जन भन्दा बढी ठाँउमा नास्पातीको राम्रो उत्पादन हुने गर्दछ ।
प्रतिक्रिया दिनुहोस्