१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


महोत्तरीमा छात्रालाई साईकल बितरण


91
Shares

काठमाडौं । महोत्तरीमा माध्यमिक शिक्षा परीक्षा उत्तीर्ण गरी कक्षा ११ को अध्ययन थालेका मटिहानी नगरपालिकाका ५३ छात्रालाई साइकल प्रदान गरिएको छ ।

छोरी शिक्षालाई प्रवद्र्धन गर्ने उद्देश्यले मटिहानी–८ स्थित राम माध्यमिक विद्यालयमा अध्ययनरत छात्रालाई मात्र साइकल प्रदान गरिएको हो ।

नगरपालिकाले नगर क्षेत्रभित्रका विद्यालयमा कक्षा ११ मा भर्ना भएका छात्रालाई साइकल प्रदान गरेको हो ।

नगरप्रमुख हरिप्रसाद मण्डलले साइकल प्रदान गर्दै साइकलले छात्राहरूमा आत्मविश्वास बढाउने र पढाइमा उत्प्रेरित गर्ने बताउनुभयो । उहाँले महिला सशक्तीकरणकालागि साईकल बितरण गरिएको जानकारी दिनुभयो ।

साईकल पाएपछि छात्राको विद्यालय उपस्थितिमा नियमितता बढ्ने विद्यालयका शिक्षक श्रीष मिश्रले बताउनुभयो ।

मटिहानी नगरपालिका भए पनि अधिकांश ग्रामीण बस्ती छन् । यहाँका विद्यालयमा पढ्ने छात्रा अधिकांश दलित, जनजाति समुदायका छन् ।