
सर्लाही । आज (बुधबार) ५८औं राष्ट्रिय बाल दिवस देशभर विविध कार्यक्रम गरेर मनाइदै छ ।
प्रत्येक वर्ष नेपालमा भदौ २९ गते राष्ट्रिय बाल दिवस मनाउने गरिएको हाे । यसरी बाल दिवस मनाई रहँदा सर्लाहीका मुसहर तथा डोम समुदायका बालबालिका भने बाल मजदुरको रुपमा कृषि, होटल र यातायात लगायतका क्षेत्रमा मजदुरको रुपमा काम गर्न बाध्य भएका छन् ।
मुसहर समुदायका अधिकांश बालबालिका विद्यालय भन्दा बाहिर रहेका छन् । यस समुदायका बालबालिकाहरुको जन्म दर्ता नभएको कारण सरकारी विद्यालयमा भर्ना हुन समेत पाउँदैनन् । आर्थिक अवस्था कमजोर भएकाले निजी विद्यालयमा जान सक्दैनन् ।
मानव विकास सूचांकमा १ सय ३० जाति मध्ये मुसहर समुदाय १ सय २९ स्थानमा पर्छ । तर शिक्षा विकास सूचांककाे ९७ औं स्थान मध्ये ९६ सूचीमा रहेको छ । आर्थिक विकासमा गरीबी र स्टाण्डर्ड अफ लिभिङ्गको अन्तिम स्थानमा रहेका यस समुदायममा अहिले पनि निकै कम मानिससँग आफ्नो जग्गामा घर रहेको छ ।
२०६८ सालको राष्ट्रिय शिक्षा सूचांकको आधारमा करिब ६.९% मुसहर साक्षर देखिन्छ भने करिब १% मुसहर महिला साक्षर भएको देखिन्छ । विद्यालयमा भर्ना भएका मध्ये करिब १० प्रतिशत मात्रै विद्यालयमा नियमित जाने गर्दछन् ।
प्रतिक्रिया दिनुहोस्