
काठमाडौं । अभिनेता एवं निर्देशक निश्चल बस्नेतले भीआईपीको सवारीले सडक अबरुद्ध भएपछि ज्यानभन्दा ठूलो भीआईपीको सवारी हैन भन्दै आक्रोश व्यक्त गरेका छन् ।
भीआईपीको सवारीका कारण राजधानीको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएर एम्बुलेन्ससम्म चलाउन रोक लगाइएपछि निश्चलले सामाजिक सञ्जाल मार्फत आक्रोश ब्यक्त गरेका हुन् ।
चीनको राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ली चान्सु हिँड्ने बाटोमा सार्वजनिक सवारी साधनलाई मात्र नभएर एम्बुलेन्सलाई पनि पूर्ण रूपमा रोक लगाएपछि निश्चलले एम्बुलेन्सलाई रोक्नु गलत भएको बताएका छन् ।
उनले सामाजिक सञ्जाल फेसबुक मार्फत लेखेका छन् , ‘कसैले ती भीआईपी लाई सुनाईदिनु, तिम्रो सवारीमा बाधा नपुगोस् भनेर हाम्रो भीआईपीहरूले एम्बुलेन्स भित्र छटपटाई रहेको ज्यान समेत दाउ मा राखेका छन् । जतिनै ठूलो मान्छे आएपनि ट्राफिकले एम्बुलेन्स लाई रोकिन दिनु भएन, ज्यान भन्दा ठूलो सवारी कुनै भीआईपी को हुनु हुँदैन ।’

प्रतिक्रिया दिनुहोस्