१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


ओखलढुंगामा फापर खेती लोप हुँदै


78
Shares

ओखलढुंगा । ओखलढुंगामा फापर बाली लोप हुने अवस्थामा पुगेको छ ।

व्यावसायिक रुपमा फापर खेतीप्रति किसानको आकर्षण हुन नसक्दा यो बाली लोपोन्मुख अवस्थामा पुगेको हो ।

जिल्लामा तीते र मीठे गरी दुई थरिको फापरको उत्पादन हुँदै आएको छ ।

कृषि ज्ञान केन्द्र ओखलढुंगाका अनुसार जिल्लामा १ सय ५ हेक्टर क्षेत्रमा फापर खेती हुने गर्छ । जसमा वार्षिक ८४ मेट्रिक टन फापर उत्पादन हुँदै आएको छ ।

औषधिय गुण भएको फापरको उत्पादन सीमित हुँदा जिल्लाका हाटबजारमा यसको माग उच्च छ ।

सहरी क्षेत्रमा फापरबाट रोटी, ढिँडोलगायतका परिकार खाने चलन बढेपनि यसको खेती गर्ने किसानको संख्या बढ्न सकेको छैन ।