५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


गीति चलचित्र ‘मानिस ठूलो दिलले हुन्छ’को ट्रेलर सार्वजनिक


624
Shares

काठमाडौं । गीति चलचित्र ‘मानिस ठूलो दिलले हुन्छ’को ट्रेलर सार्वजनिक भएको छ ।

एक जोडी युवायुवतीको प्रेम, रोमान्स र वैदेशिक रोजगारीको कथालाई ट्रेलरमा देख्न सकिन्छ । जातीय विभेदले समाजलाई कसरी कुरुप बनाएको छ भन्ने कुरालाई चलचित्रले मार्फत देखाउन खोजेको छ ।

निर्देशक देवेन्द्र पाण्डेको निर्देशनमा बनेको यो गीति चलचित्रको मणि नेपाली पनेरु निर्माता हुन् । यस गीति चलचित्रमा अभिनास न्यौपाने र श्रेया कार्कीको मुख्य भूमिका रहेको छ भने मोहन निरौला, उत्तम केसी, सरु सुनवार, शुभम् आचार्य, सविना न्यौपाने, मणि नेपाली पनेरुको पनि अभिनय छ । निर्माता पनेरुले लेखेका ६ वटा लोकगीतमा आधारित भएर फिल्म निर्माण भएको हो ।

सौरपानी मिडिया प्रा.लि.को ब्यानरमा निर्माण भएको गीति चलचित्रको प्रदर्शन मिति भने घोषण गरिएको छैन ।