२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


डेंगु रोगको अवस्थाबारे संसदलाई जानकारी गराउन सरकारसँग माग


91
Shares

काठमाडौं । नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले महामारीको रुपमा फंैलिएको डेंगु रोगको अवस्थाबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गर्नु भएको छ ।

डेंगु रोगका कारण नागरिकहरुको मृत्य हुने क्रम बढिरहेको बेला पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न नसकेको उल्लेख गर्दै सांसद सुवालले त्यसबारे संसदलाई जानकारी गराउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँग माग गर्नु भएको हो ।

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उहाँले सो रोग नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले पनि नेतृत्वदायी भूमिका निर्वाचन गर्न नसकेको आरोप लगाउनु भयो । सांसद सुवालले सो रोग नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सरसफाईको काम समेत गर्न नसेकेको भन्दै असन्तुष्टि व्यक्त गर्नु भयो ।

सांसद सुवालले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई आवश्यक बजेटको व्यवस्था गरेपनि त्यसको सदुपयोग गर्न नसकेको गुनासो पटकपटक गर्नु भयो ।