
सर्लाही । यसवर्ष दशै तथा विश्वकर्मा पूजाका लागि मूर्ति बनाउन कुमालेलाई भ्याइ नभ्याइ भएको छ ।
असोज १ मा लाग्ने विश्वकर्मा मेला र असोज १० बाट शुरु हुने नवरात्रीबिच छोटो समय भएको र धेरै ठाँउमा मेला लाग्ने भएकाले कुमालेलाई भ्याइ नभ्याइ भएको हो । मेलाको तयारीका लागि सर्लाहीका विभिन्न स्थानमा मेला समिति बनाएर काम भइरहेको छ । विश्वकर्मा पूजाका लागि मूर्ति बनाउने काम अन्तिम चरणमा पुगेको छ ।
विश्वकर्मा पूजा मेलाको रुपमा सार्वजनिक स्थानमा र उद्योगीहरुले व्यक्तिगत रुपमा पनि आफनो उद्योगमा मनाउने भएकाले यसको माघ झन धेरै हुने गरेको कुमालेहरु बताउँछन । असोज १० वाट सुरु हुने नवरात्रीका लागि पनि मुर्ति बनाउन सुरु गरिएको छ ।
प्रतिक्रिया दिनुहोस्