
फाइल तस्बिर
धनुषा । मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले राजनीतिक दल र गलत राजनीतिका कारण नेपालमा उद्योग व्यवसाय फस्टाउन नसकेको बताउनुभएको छ ।
बुधबार जनकपुरधाममा ईएलएमएसले आयोजना गरेको श्रम बजार सूचना कार्यशाला गोष्ठीमा उहाँले नेपालमा उद्योगधन्दा फस्टाउन नसक्नुमा राजनीतिक दल र तिनका मजदुर तथा ट्रेड युनियनहरूको हस्तक्षेपकारी भूमिका पनि मुख्य कारण रहेको बताउनुभयो ।
मुख्यमन्त्री राउतले नेपाल सरकारको अस्पष्ट र झन्झटिलो नीतिका कारण उद्योगी व्यवसायीहरु लगानी गर्न हिचकिचाइरहेको समेत बताउनुभयो । उद्योग स्थापना र दर्ता प्रक्रियासमेत असहज हुनु र कामअनुसारको योग्य जनशक्तिको अभाव हुनु नेपाली उद्योग क्षेत्रका लागि मुख्य चुनौती रहेको उहाँको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्