
फाइल तस्बिर
कैलाली । कैलालीको धनगढी पुगेर सत्याग्रहमा बसेका डा. गोविन्द केसी अस्पताल भर्ना हुनुभएको छ ।
सोमबारदेखि २०औं सत्याग्रह थालेका केसीको स्वास्थ्यमा जटिल समस्या देखिएपछि अस्पताल भर्ना गरिएको हो ।
स्वास्थ्य क्षेत्रको अवस्था सुधारका अभियन्ता केसी धनगढीस्थित कृष्ण मन्दिरमा सत्याग्रहमा बस्नुभएको हो । सत्याग्रहका क्रममा स्वास्थ्य अवस्था बिग्रिएपछि उहाँलाई सेती प्रादेशीक अस्पतालमा भर्ना गरिएको उहाँका सहयोगी डा. अमृत जैशीले बताउनुभयो ।
डा. केसीले विभिन्न ७ बुदेँ माग राखेर सत्याग्रह थालेका थाल्नुभएको थियो । केसीको सत्याग्रहको बुधबार तीन दिन पुगे पनि सरकारी पक्षबाट भने वार्ताका लागि कुनै पहल भएको छैन । केसीको स्वास्थ्य अवस्था भने बिग्रदै गएको छ ।
प्रतिक्रिया दिनुहोस्