२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


तातोपानी र रसुवागढी नाका सञ्चालनमा


338
Shares

काठमाडौं । डेढ महिनादेखि बन्द चीन तर्फका तातोपानी र रसुवागढी नाका सञ्चालनमा आएका छन् ।

रसुवागढी नाका भएर बिहीबार बिहान सात वटा कन्टेनर नेपाल भित्रिएको छ भने तातोपानी नाकाबाट दुई वटा कन्टेनर नेपाली भूमिमा प्रवेश गरेको छ ।

रसुवाका प्रमुख जिल्ला अधिकारी नवराज जैसीका अनुसार बिहीबार बिहान नाकाबाट सात वटा कन्टेनर नेपाली भन्सार यार्डमा आएका हुन् ।

यता तातोपानी नाकाबाट कति कन्टेनर दैनिक नेपाल भित्रिन्छन् भन्ने स्पष्ट जानकारी नआएको भन्सार कार्यालयले जनाएको छ ।

बिहीबार भित्रिएको कन्टेनरमा एउटामा कच्चा उन र अर्कोमा जलविद्युत् पूर्वाधारका सामग्री रहेको भन्सार कार्यालयले जनाएको छ ।