१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


सन्दीपबारे प्रमोदको पश्न : हल्ला नगरी कानूनी प्रक्रियामा जादाँ के बिग्रन्छ ?


5.798k
Shares

काठमाडौं । बलात्कारको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेबारे हल्ला नगरी आवश्यक कानूनी प्रक्रियामा जादाँ के बिग्रन्छ ? भन्दै चर्चित गायक प्रमोद खरेलले प्रश्न गरेका छन् ।

प्रमोदले सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै सन्दीबारे आफ्नो प्रतिक्रिया दिएका छन् । उनले सन्दीपमाथि केही तत्वहरू हात धोएर लागेको टिप्पणी गरेका छन् ।

प्रमोद ट्वीटरमा लेखेका छन्, ‘मानौं उ अन्तर्राष्ट्रिय आतंकवादी हो, केही तत्व (सबै होइन) हात धोएर लाग्या छन् । कानूनी प्रक्रिया पुर्‍याएर काम गरे त हुन्छ होला, जे सजाय पाउने हो पाउँछ नै यदि दोषी भए ।’ उनी अगाडि लेख्छन्, ‘देशको झण्डा छातीमा बोकेको मान्छेलाई होहल्ला नगरी आवश्यक कानूनी प्रक्रियामा जादाँ कसैको केही बिग्रन्छ र ?’

प्रमोदले सामाजिक सञ्जाल मार्फत अफ्नो असन्तुष्टि ब्यक्त गर्दै यसरी प्रश्न गरेका छन् ।