
फाइल तस्वीर
काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्व सहकर्मी पुष्पकमल दाहाल ‘प्रचण्ड’को चर्को आलोचना गर्नुभएको छ ।
माओवादी केन्द्र चितवनका नेता यमबहादुर परियारलाई पार्टी प्रवेश गराउँदै उहाँले आफूलाई दाहालले पार्टीबाट निष्कासन गरेको बताउनुभयो ।
एकीकृत पार्टी बनाउँदै, बलियो वामपन्थी आन्दोलन मार्फत समाजवादतर्फ अघि बढौं भनेर आफूले दाहाललाई आफ्नो सिटको छेउमा राखेको ओलीको तर्क छ ।
पार्टीमा आफूले दाहाललाई अँगालो हालेको भएपनि उहाँले छुरी रोपेको ओलीको आरोप छ । आफूले दिएको वरदान प्रयोग गरेर प्रचण्डले आफैंलाई उल्टै भष्म पार्न खोजेको ओलीले आरोप लगाउनुभयो ।
प्रतिक्रिया दिनुहोस्