१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


साफ यू–१७ टोली स्वदेश फिर्ता


104
Shares

काठमाडौं । श्रीलंकामा आयोजना भएको साफ यू–१७ च्याम्पियनसिप फुटबलमा सहभागिता जनाएर नेपाली टोली स्वदेश फर्किएको छ ।

नेपाली टोली बिहीबार दिउँसो स्वदेश फर्किएको हो । नेपाली टोलीलाई एन्फा अध्यक्ष पंकज विक्रम नेम्वाङ, महसचिव किरण राई लगायत एन्फाका पदाधिकारीले स्वागत गरेका थिए । कोलम्बोमा भएको प्रतियोगितामा नेपाल उपविजेता बनेको थियो ।

हिजो भएको फाइनलमा १० खेलाडीमा समेटिएको नेपाललाई भारतले ४–० गोल अन्तरले हराउँदै उपाधि जितेको थियो । यू–१७ च्याम्पियनसिप फुटबलमा भारतले यो लगातार दोस्रो पटक उपाधि जितेको हो ।

यस्तै भारतले नेपालविरुद्ध समूह चरणमा व्यहोरेको हारको बदला लिएको थियो । नेपालले समूह चरणमा भारतलाई ३–१ गोल अन्तरले हराएको थियो ।