
अर्घाखाँची । नेपाल नगरपालिका संघ लुम्बिनी प्रदेशको संयोजकमा रेसुंगा नगरपालिका गुल्मीका प्रमुख खिलध्वज पन्थी निर्विरोध निर्वाचित हुनु भएकाे छ ।
बिहिबार लुम्बिनी प्रदेशको भैरहवामा सम्पन्न नगरपालिकाका प्रमुख र उपप्रमुखहरूको भेलाले पन्थीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको हो । पन्थी नेपाली कांग्रेस गुल्मीका सभापति समेत हुनुहुन्छ । साेही भेलाले सहसंयोजकमा बाणगंगा नगरपालिकाका प्रमुख चक्रपाणी अर्याललाई चयन गरेको छ । उहाँ एमालेबाट निर्वाचित हुनु भएकाे हाे ।
जनप्रतिनिधिहरूले संघलाई प्रदेशका सबै नगरपालिकामा निर्वाचित जनप्रतिनिधिहरूको प्रतिनिधित्व हुने गरी सहमतिमा कार्यसमिति चयन गर्ने नीति बनाएका छन् । नगरपालिका संघमा लुम्बिनी प्रदेशमा पहिलो हुने पार्टीले संयोजक र दोस्रो दलले सहसंयोजक लिने व्यवस्था गरेकाे छ ।
साथै १२ वटा जिल्ला रहेको लुम्बिनी प्रदेशमा ४ उपमहानगरपालिका र ३२ वटा नगरपालिका रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्