५ बैशाख २०८२, शुक्रबार | Fri Apr 18 2025


बङगलादेशले दिएको १ करोड बढी सहयोग पाकिस्तानद्वारा अस्वीकार


12.779k
Shares

काठमाडौं । बाढी र पहिरोबाट प्रभावित भएकाे पाकिस्तानले बङगलादेशले दिएको सहयोगलाई अस्वीकार गरेको छ ।

बाढी पहिरोका कारण आर्थिक तथा उपभोग्य सामग्रीको अभाव भोगिरहेको पाकिस्तानलाई बङगलादेशले १ करोड ४० लाख टाका सहयोग रकम दिने प्रस्ताव गरेको थियो । छिमेकी देशको हैसियतले मानवीय सहयोग गर्न लागेको बङगलादेशका प्रधानमन्त्री शेख हसिनाले घोषणा गर्नुभएको थियो ।

तर पाकिस्तानले सहयोग स्वीकार नगर्ने जवाफ दिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् । यस्तो सहयोग लिंदा विश्व समुदायमा आफ्नो देशको छविमा नकारात्मक असर पर्ने पाकिस्तानको तर्क छ । बङ्गलादेश सन् १९७१ मा पाकिस्तानबाट छुट्टिएर नयाँ देश बनेको थियो ।

पाकिस्तानको प्रकोप व्यवस्थापन प्राधिकरणका अनुसार जुन महिनाकाे मध्यदेखिको बाढी र पहिरोबाट कम्तिमा १ हजार ५ सय भन्दा बढी मानिसकाे मृत्यु भएको छ । ३ करोड ३० लाख मानिस प्रत्यक्ष प्रभावित भएको अनुमान गरिएकाे छ ।