
कैलाली । चिकित्सा शिक्षा सुधारका अभियान्ता डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बन्दै गएको छ ।
धनगढी पुगेर श्रीकृष्ण मन्दिरको धर्मशालाबाट २० औँ सत्याग्रह थाल्नुभएका डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि सेती प्रादेशिक अस्पताल भर्ना गरिएको हाे । तर उहाँले औषधी लिन नमानेका कारण स्वास्थ्य अवस्था बिग्रिदै गएको छ । अस्पतालले भेटघाटमा समेत रोक लगाएको छ । उहाँका सहयोगी डा. अमृत जैसीले स्वास्थ्य अवस्था झन बिग्रिदै गएको जानकारी दिनुभयाे ।
डा. केसीले आफू ३ करोड नेपाली जनताका लागि अनशन बसेकाले स्वास्थ्य अवस्था तलमाथि हुँदैमा फरक नपर्ने भन्दै औषधी लिन नमानेकाे डा. जैसीले बताउनुभयाे । उहाँका सहयोगी डा. जैसीले सरकारी पक्ष आन्तरिक रुपमा अनौपचारिक सम्वादमा रहेको सुनिएपनि औपचारिक रुपमा वार्ताका लागि अहिलेसम्म प्रस्ताव नआएको बताउनुभएकाे छ ।
डा. केसी यसअघि भएका सम्झौता कार्यान्वयनको माग राखेर २० औँ पटक धनगढीमा आमरण अनसन बस्नुभएकाे हाे ।
प्रतिक्रिया दिनुहोस्