
जनकपुरधाम । मिथिलाञ्चल क्षेत्रमा धार्मिक विधि अनुसार ‘जितिया पर्व’ मनाउन सुरु भएकाे छ ।
धनुषा लगायत मिथिलाञ्चल क्षेत्रमा ‘जितिया पर्व’ आजदेखि धार्मिक विधिअनुसार सुरु भएको हाे । व्रत बस्नुअघि आज शुक्रबारको दिन महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा घिरौँलाको पातमा भगवान जिमुतवाहन र दिवङ्गत पितृलाई चिउरा, दही, अमोट र पिना प्रसादका रूपमा चढाएर आफू खाने र परिवारका सबै सदस्यलाई खुवाउने गर्दछन् ।
त्यसैगरी महिलाहरुले शनिबार बिहान ४ बजेदेखि उपवास बसी निराहार एवं निर्जला व्रत बसी आइतबार बेलुका सम्पन्न गर्छन । व्रतालुले गंगा सागर लगायतका धार्मिक सरोवरमा स्नान गरेर जिमुतवाहनको कथा सुन्ने गर्दछन् ।
बुढापाका र युवायुवतीले समेत कथा सुन्ने चलन रहेको छ ।
प्रतिक्रिया दिनुहोस्