
पाल्पा । पाल्पाका सरकारी तथा निजी अस्पतालमा भाइरल ज्वरोका बिरामीको भीड लाग्न थालेको छ ।
मौसममा आएको परिवर्तनसँगै भाइरल ज्वरोका बिरामी बढेका हुन । जिल्ला अस्पताल पाल्पा, यूनाईटेड मिसन अस्पताल तानसेन, लुम्बिनी मेडिकल कलेज प्रभास र पालिकाका स्वास्थ्य चौकी लगायतका निजी अस्पतालहरुमा बिरामीको चाप दिनानुदिन बढ्दै गईरहेको छ ।
जिल्ला अस्पताल पाल्पाका निमित्त मेडिकल सुपरिटेण्डेन्ट डा.रंजिता कुमारी महतोका अनुसार सामान्य रुघाखोकी, ज्वरो, झाडापखाला, टाइफाइडका बिरामी बढेको जानकारी दिनुभयो । उहाँका अनुसार अस्पतालको ओपिडीमा पहिला दैनिक ६०÷७० जना विरामी आउने गरेकोमा अहिले १ सय ५० भन्दा बढि आउने गरेको बताउनुभयो । भाइरलबाट विशेष गरि ४ देखी १५ वर्ष उमेर समुहका बालबालिका बढी प्रभावित भएको निमित्त मेडिकल सुपरिटेण्डेन्ट महतोले जानकारी दिनुभयो ।
भाइरलकै कारण जिल्लाको युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रभासमा समेत दैनिक ३ सय देखि ४ सयसम्म बिरामी उपचारको लागि आउने गरेको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख डा. राजेन्द्र गिरीले बताउनुभयो । जिल्लामा भाइरल ज्वरो सहित डेंगुका बिरामी समेत बढेकाले स्वास्थ्य सर्तकता अपनाउन डा.गिरीले आग्रह गर्नुभभयो ।
यस्तै गरि जिल्लाको निजि मेडिकलकहरु संगम,उपकार, प्रंशसा, सन्चो लगायतका स्वास्थ्य संस्थामा समेत ज्वरोका बिरामी उपचार गर्न आउनेको चाप बढेको छ । जिल्लामा ज्वरोका बिरामी बढेसँगै डेंगु, स्क्फटाइफस लगायतका विरामी समेत बढेका छन । तर जिल्लामा डेंगु परिक्षण गर्ने किटको अभाव हुँदा डेंगुसँग मिल्दोजुल्दो लक्ष्ण देखिएका विरामी समेत भाइरल ज्वरोका विरामी बढेका हुन ।
चिकित्सकहरुका अनुसार सुरुमा शरीर दुख्ने, रुघाखोकी लाग्ने, कडा ज्वरो आउने, आँखा पोल्ने समस्या लिए बिरामी अस्पताल आउने गरेका छन । भाइरल ज्वरोबाट बच्न पानी उमालेर खाने, समूहमा हिडडुल नगर्ने, आराम गर्ने, झोलिलो पदार्थ बढि खाने गर्नुपर्ने चिकित्सको सुझाव रहेको छ ।
प्रतिक्रिया दिनुहोस्