३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


शेयर बजार १४ अंकले घट्यो


13
Shares

काठमाडौं । साताको अन्तिम दिन तथा अन्तिम शुक्रबारको शेयर कारोबार पनि घटेरै बन्द भयो ।

यस दिन पनि उतार चढावबीच बजार परिसूचक नेप्से १४ अंकले ओरालो लागेर १९ सय १० मा आएर थामियो ।

दुई घण्टाको कारोबारमा करिब ९० करोड बराबरको कारोबार भयो । शुक्रबारको दुई घण्टे कारोबार असोज देखि बन्द हुँदै छ ।

यस दिन मात्र सामूहिक लगानी कोष नगन्य अंकले हरियो रहेबाहेक अरु सबै समूह ओरालो लागे । उत्पादनमूलक समूह सबैभन्दा उच्च ५५ अंकले झर्दा अरु अधिकांश समूह दोहोरो अंकले ऋणात्मक रहे ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २० कम्पनीको २९ लाख कित्ता शेयर जम्मा ९० करोड ८१ लाख बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यस दिन १ सय ५१ कम्पनीको मूल्य घट्दा जम्मा ३० को बढेको पनि नेप्सेले जनाएको छ ।