२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस


78
Shares

काठमाडौं । सरकारले संसद अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।

सरकारले शनिबार राति १२ बजेदेखि संसदको अधिवेशन अन्त्य गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको एक मन्त्रिपरिषद् सदस्यले जानकारी दिनुभएको हो ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले आउँदो आइतवार र सोमवारका लागि समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउने कार्यक्रम तोकेको छ ।

समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची बुझाउने अघिल्लो दिनसम्म चालु संसदको कार्यकाल रहने व्यवस्थाअनुसार शनिबार राति १२ बजेपछि संसद्को कार्यकाल सकिँदैछ । वर्तमान अधिवेशनको प्रतिनिधि सभाको अन्तिम बैठक शनिबार दिउँसो १ बजे बस्दै छ ।